गोली चल्यो, एक घाइते

चितवन । चोरीको विगविगी रहेको चितवनको यज्ञपुरीमा मंगलबार राति गोली चल्दा एकजना घाइते भएका छन् । चोरीका घटना बड्न नदिन गस्ती गरिरहेका युवाहरुलाई लक्षितगरी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।                                                          chitawan

गोली कसले चलाएको हो भन्ने बारेमा खोजि भइरहेको प्रहरीले जनाएको छ ।  गोली लागेर स्थानीय राजन खड्का घाइते भएका हुन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । गोली प्रहार गर्नेको पहिचान हुन नसकेको र उनको खोजी भईरहेको चितवन प्रहरीले जनाएको छ । घटनाको बारेमा जानकारी गराउन प्रहरीले दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ । गस्तीमा रहेको युवा माथि गएराति ११ बजे यज्ञपुरीको पेन्सेन क्याम्प अगाडि गोली प्रहार भएको हो ।

प्रतिक्रिया दिनुहोस्: