चार मुलुकका सेना अझै नेपालमा

काठमाण्डौ । भूकम्पपछि खोजी तथा रद्धारमा आएकामध्ये चार मुलुकका विदेशी सेनाहरु इन्जिनियरिङ कामको जिम्मेवारी देखाउँदै बसाइ लम्ब्याउन थालेका छन् । भारत, चीन, अमेरिका र क्यानडाका सेनाले उद्धार र राहतको काम सकिएपनि सडक पन्छाउने, जोखिमयुक्त घर भत्काउने, पुल र चिरिएका भूभागको इन्जिनियरिङ अध्ययन गर्ने नाममा नेपाल बसाई लम्ब्याउन खोजेका हुन् ।

उद्धार र राहतका लागि आएका धेरैजसो विदेशी सेना फर्किसकेको भएपनि यी चार मुलुकमध्ये भारतका २ सय ७४, क्यानडाका १ सय ७६ चीनका ३० र अमेरिकाका १४ जना नेपालमा बसिरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: