त्रिपालमा ठगी गरेपछी नेता पक्राउ

काठमाण्डौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेतालाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । फोरम लोकतान्त्रीकका लक्ष्मण थारुलाई ठगीको आरोपमा पक्राउ गरीएको हो ।
उनले त्रिपाल ल्याउन भन्दै शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए ।

तर, पाल नल्याएपछि संघले गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहँदा थारुले सोमबार त्रिपाल ल्याइदिएका थिए ।                                                                                                                                                      02

महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार पक्राउ थारुले सोमबार शेर्पा संघलाई पाल उपलब्ध गराएका छन् र दुबै पक्षबीच मिलापत्र भएको छ । तर, अदालतमा मुद्दा चलिरहेकाले थारु अहिले पनि प्रहरी हिरासतमा छन् । उनको मुद्धा बुधबार टुङ्गनिे सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: