पर्यटनमन्त्रीले भने ,‘डिएनए टेस्ट गर्न तयार छु’

काठमाण्डौ । पर्यटनमन्त्री कृपाशुर शेर्पाले गणेश शेर्पाले आफूलाई बाबु भनेर गरेको दाबी ठाडै इन्कार गरेका छन् । उनले आफू डीएनए परीक्षण गराउन समेत तयार रहेको बताए । ‘गणेश भन्ने व्यक्तिलाई म चिन्छु,’ उनले भने, ‘तर, मेरो छोरा हो भन्ने कुरा वाहियात हो ।’गणशले बेलाबेला फोन गरेर धम्क्याउने गरेको जिकिर उनले गरे ।

 

‘उसले पटकपटक फोन गरेर थर्काउने प्रयास गरेको थियो त्यतिबेला यस्तो दाबी गरेको थिएन,म पावरमा पुगेपछि मेरो तेजोबोmantriध गर्न कसैले उसलाई प्रयोग गरिरहेको छ’ उनले भने । गाविस सचिवले दिएको भनिएको सिफारिस पनि नक्कली भएको दाबी उनले गरे । ‘दुवै पक्ष उपस्थित नभइकन गाविसले कसरी नाता प्रमाणित गर्न सक्छ,’ शेर्पाले प्रतिप्रश्न गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: