फिफाका पदाधिकारी प्रहरी हिरासतमा

काठमाण्डौ । अवैध सम्पति थुपारेको अभियोगमा स्विट्जरल्याण्ड प्रहरीले विश्व फुटबल महासंघ फिफाका ६ जना पदाधिकारीलाई हिरासतमा लिएको छ । उनीहरुलाई वुधवार विहान स्विस प्रहरीको एक टोलीले जुरिचस्थित एक होटलबाट नियन्त्रणमा लिएको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले जनाएको छ ।01

उनीहरुलाई कालोधन थुपारेको अभियोगमा अमेरिकी निकायमा मुद्दा चलाइने बताइएको छ । बीबीसीका अनुसार गिरफ्तारमा परेका उनीहरुलाई तत्काल अमेरिका समक्ष सुपुर्दगी गरिदैछ । उनीहरुमाथि गैरकानुनी रुपले पैसा ओसारपसार गरी अवैध बाटोबाट सम्पति आर्जन गरेको आरोप लगाइएको छ ।

यो घटनाले पाँचौ पटक फिफा अध्यक्ष बन्ने धुनमा रहेका सेप ब्लाटरलाई ठूलो धक्का लाग्ने देखिएको छ । फिफाको चुनावी साधारणसभा यही शुक्रवार हुँदैछ । चुनावी सभाका लागि फिफाका सदस्य राष्ट्रका प्रतिनिधिहरु स्विट्जरल्याण्डको जुरिचमा भेला भएका छन् । फिफा अध्यक्ष सेप ब्लाटरलाई कार्यसमितिका उपाध्यक्ष एवं जोर्डनका राजकुमार अली बिन अल हुसेनले चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: