ब्लेडले आफ्नै घाँटी रेट्दा……………

बिर्तामोड । मध्य दक्षिणी झापाको डाँगीवारी निवासी अपाङ्गता भएका एक ब्यक्तीले मंगलवार घाँटी रेटेर आत्माहत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक सञ्जयबहादुर राउतका अनुसार डाँगीवारी–८ बाह्रदशी निवासी ५२ बर्षिय मनकुमार खेवाङ्गले ब्लेडले घाटी रेटेर आत्महत्या गरेका हुन् ।

उनले बिहान दाह्री काट्ने ब्लेडले घाटी रेटेको र उपचारका लागी बिर्तामोड स्थित विर्ता सिटी अस्पताल लगीएपनि त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारका लागी वीपि कोइराला स्वाश्थ्य बिज्ञान प्रतिस्ठान धरान लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैदेशिक रोजगारीका सिलसिलामा ५ बर्ष अघि मलेसिया गएका उनि बिल्डिङ कन्ट्रक्सनको काम गर्ने क्रममा ४ बर्ष अघि ७ तला माथीबाट झरेर गम्भिर घाइते भएका थिए । लामो समयसम्म साथिहरुको सहयोगमा मलेसियामा उपचार गराएर स्वदेश फर्किएका उनि कम्मर मुनिको सम्पुर्ण भाग नचलेपछि हुवील चियरको सहयोगमा घर भित्र–बाहीर गर्दै आएको प्रहरीले जनाएको छ । आजको पुर्वाञ्चल दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: