भूकम्पमा पाँच बर्षमुनिका ९ सय ६९ बालबालिकाको मृत्यु

बिर्तामोड । महाँबिनासकारी भूकम्पमा परी पाँच बर्ष मुनिका ९ सय ६९ जना बालबालिकाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म एक बर्ष भन्दा कम उमेरका एक सय ८० जना भन्दा बढि शिशुको मृत्यु भएको छ ।

राजधानीमा एक शिशुको जन्मेको केही घण्टामै आएको बिनासकारी भूकम्पका कारण ज्यान लियो भने धादिङमा जन्मेको भोलिपल्टै शिशुको मृत्यु भयो । नेपाल प्रहरीले संकलन गरेको तथ्याङक अनुसार दुबै भूकम्पमा परी हालसम्म ८ हजार ३ सय १९ जनाको मृत्यु भएको छ । यो संख्यामध्ये ९ सय ६९ जना ५ बर्षमुनिका बालबालिका छन् ।

भूकम्पका कारण सयौं बालबालिका घाईते भएका छन् भने कतिपयले अभिभावक समेत गुमाएका छन् । घाइते अवस्थामा रहेका र शारिरिक स्वाश्थ्य अवस्था ठिक भएका वालवालिकाको मनोबिज्ञानमा ठुलो चोट पुगेको छ । आजको ब्लाष्ट दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: