मलेसियामा ३२ गैरकानुनी नेपाली कामदार पक्राउ

क्वालालम्पुर । मलेसियाली अध्यागमनले एक कम्पनीमा छापा मार्दा ३२ जना गैरकानुनी नेपाली कामदार पक्राउ परेका छन् । केडाहस्थित अध्यागमन अधिकारीहरुले गत सोमबार त्यहाँको ग्लोब उत्पादन हुने कम्पनीमा छापा मारेर गैरकानुनी हैसियतमा रहेका भनिएका ३२ जना नेपालीसहित ५४ जना आप्रवासी कामदारलाई पक्राउ गरेको समाचारसंस्था बर्नामाले उल्लेख गरेको छ ।

कुलिम हाइटेक पार्कमा अवस्थित उक्त कम्पनीबाट पक्राउ पर्नेमा १५ बंगलादेशी, २ इण्डोनेसियाली, चीन र म्यानमारका एक र एक गरि कूल ५४ जना गैरकानुनी हैसियतका आप्रवासी पक्राउ परेका हुन् ।                                                                                                                                          04

पक्राउ पर्नेमध्ये एक फ्रेन्च नागरिक पनि रहेको उल्लेख गरिएको छ । बैध कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । अबैधानिक बनेर काम गर्दै आएका कामदारलाई मलेसिया सरकारले कहि समय अघि देखि नै स्वदेश फर्कन अवसर दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: