मिथुन चक्रवतीले हिरोइनलाई खाना बनाएर खुवाए

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवतीले हालसालै एउटा हीरोइनलाई आफ्नो घरमा बोलाएर खाना खुवाएका छन् । ती हीरोइन उनको छोरा महाक्षयको फिल्म ‘इश्कदरिया’ मा देखिने छिन् । ती हीरोइनको खाना धेरै मन पर्ने भएकाले उनलाई ध्यानमा राखेर मिथुन दाले चिकेन बिरयानी बनाएर उनलाई मायाले खुवाएका हुन् ।

ती हीरोइन थिइन एवलिन शर्मा । उनी महाक्षय को फिल्म ’इश्कदरिया’ मा हीरोइन छिन् । महाक्षयले मिथुन चक्रवर्तीलाई बताएका थिए उनी खानेकुरा धेरै मन पराउँछिन् । त्यसपछि तुरुन्त बिशेष खानाको तयारी गरिएको थियो ।                                                      mmmmm
मिथुन दाले एवलिनलाई आफ्नो मड आईलेन्ंडको फार्महाउसमा बोलाएर आफैले उनको लागि चिकन बिरयानी बनाएका थिए । एवलिनले भनिन् ‘मं मिथुन दाको ठूलो फेन हुँ ।’ हामी सबै जान्दछौ कि मिथुन दा बहुप्रतिभाशाली अभिनेता हुन् । तर दादा धेरै राम्रो कूक पनि हुन् यो मलाई अहिले मात्र थाहा भयो ।’
एवलिनले भनिन जसको सिफल्म हेरेर म ठूली भए मलाई विश्वास नै लाग्दैन की उनले नै मेरो लागि चिकन बिरयानी बनाए ।’ म यो समयलाई कहिल्लै बिर्सन सक्दिन ।’

प्रतिक्रिया दिनुहोस्: