मेचीनगरवासीले सिन्धुपाल्चोकका १ सय ५० परिवारको घर बनाइदिने

बिर्तामोड । मेची उद्योग वाणिज्य सङ्घले सिन्धुपाल्चोकका भूकम्पपीडित १ सय ५० परिवारका लागि घर निर्माण गरिदिने भएको छ । दाताहरुको सहयोगमा मेची नगरवासीले सञ्चालन गरेको ‘मेची अभियान’ मार्फत रु २२ लाख ५० हजारको लागतमा घर निर्माण गर्न लागिएको सघ मेचीनगरका अध्यक्ष एवम् अभियानका संयोजक विजय डालमियाले बताए ।NEPAL-QUAKE

उनका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग सहकार्य गर्दै अतिप्रभावित क्षेत्रमा गएर घर निर्माण गरिने छ । जसका लागि ५० जनाभन्दा बढी स्वयम्सेवी परिचालन गरिने बताइन्छ ।
यसैबीच भारत, भुटान बङ्गलादेशसहित अन्य राष्ट्रबाट राहत सङ्कलन भइरहेको र सङ्कलित राहतमध्ये रु सात लाख जिल्ला दैवीप्रकोप उद्धार समिति झापालाई हस्तान्तरण गरिएको छ भने छ वटा प्रभावित क्षेत्रमा पुगेर करिब रु ७० लाख बराबरको जिन्सी सामग्री वितरण गरिसकेको संयोजक डालमियाले बताए । पीडितका लागि घर निर्माण आगामी हप्ताबाट सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: