लिबियाका प्रधानमन्त्रीमाथी बन्दुकधारीको आक्रमण

एजेन्सी । लिबियाका प्रधानमन्त्री अब्दुल्ला अल थानी माथी बन्दुकधारीको एक समुहले आक्रमण गरेको छ । आक्रमणमा थानी मुस्किलले बचेको समाचार एजेन्सीले जनाएका छन् । राजधानी टोबुर्कमा प्रधानमन्त्रीको कारमाथि बन्दुकधारीहरुले आक्रमण गरेका हुन् । एक सरकारी प्रवक्ताका अनुसार संसदको बैठकपछि फर्कने क्रममा आक्रमण भएको थियो । आक्रमणमा एक अंगरक्षक घाइते भएका छन् । घटनापछि अल अरेबिया टीभीसँग कुरा गर्दै थानीले आफू मुस्किलले बचेको बताएका छन् ।

libiya
सन् २०११ मा कर्नल गद्दाफी अपदस्त भएपछि लिबिया अशान्त बनेको छ । मिलिसियाले २०१४ मा राजधानी त्रिपोलीबाट निकालेपछि थानीले टोबुर्कबाट देश चलाउने कोसिस गरेका छन् । त्रिपोलीमा लिबियाको बैधानिक सरकार भएको दाबी गर्दै एक समूहले थानी सरकारलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: