स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि

काठमाण्डौ । विनाशकारी महाँभूकम्पका कारण स्थगित रहेको स्नातक तह तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गतेबाट सन्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षण नियन्त्रण बिभागको बैठकले जेठ ३१ देखि परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

03

यसअघि जेठ १४ देखि हुने गरी परीक्षाको रुटिन प्रकाशित भएको थियो । उच्च माध्यमिक शिक्षा परिषदले यसअघिनै कक्षा १२ को जेठ २० देखि र कक्षा ११ को असार १ देखि परीक्षा सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: