हावाहुरीले ‘५ करोडको केरा नष्ट’

चितवन । असिना पानीसँगै सोमबार राति आएको हावाहुरीले चितवनमा ५ करोड बराबरको कोला नष्ट भएको छ । कोला बिक्री गर्ने समयमा हुरीले जरासहित बोट ढलाएपछि किसानले ठूलो नोक्सान बेहोर्नुपरेको छ ।

माग धेरै भएको समयमा अचानक घरीसहितका बोट ढलेपछि किसान निराश छन् । ‘२४ कठ्ठा जग्गा भाडामा लिएर १ हजार ८ सय बोट केरा लगाएका थियौं,’ पदमपुर २ की सीता पुरीले भनिन् ‘सबै kolaबोट हावाले ढाल्यो, अब १ सय बोट मात्र होला ।’

उनले वार्षिक प्रतिकठ्ठा ३ हजार भाडा तिरेर केरा खेती गरेको बताइन् । आम्दानी गर्ने बेलाको केरा ढलेपछि उनी समस्यामा परेकी छन् । पदमपुर ९ स्थित १३ कठ्ठा जग्गामा लगाएको बोटसमेत सोत्तर भएर ढलेको छ ।

‘अहिलेसम्म यति ठूलो क्षति बेहोर्नुपरेको थिएन,’ उनले भनिन् ‘आम्दानीको माध्यम यही थियो, त्यो पनि गुम्यो ।’ यो समस्या उनको मात्र होइन । पदमपुरको ७ सयमध्ये १ सय बिघाको केरा ढलेको छ । चितवन केरा उत्पादक संघका अनुसार सबैभन्दा धेरै क्षति पदमपुर गाविसमा भएको छ ।

त्यसपछि पिठुवा, जुटपानी र रत्ननगर नगरपालिका क्षेत्रमा भएको छ । ‘पदमपुरमा मात्र ३ करोडको केरा नोक्सान भएको अनुमान गरिएको छ,’ संघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘अन्यत्र २ करोडको क्षति भएको छ ।’ उनले सबैतिर गरेर १ सय ८० बिघामा ५ करोड बराबरको क्षति अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: