अभिनेत्री विपना थापा भूकम्प पीडितलाई राहत लिएर काठमाडौंमा

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय करियर पछि भारतको मथुरामा बस्दै आएकी अभिनेत्री विपना थापा भूकम्प पीडितलाई राहत लिएर काठमाडौं आएकी छिन् । उनी मंगलबार राहत सामाग्रीका साथ नेपाल आएकी विपनाले आफूसँगै २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु ल्याएकोे जानकारी दिइन् ।                                                                          bipana
उनले आउँदो जाडो महिनालाई ध्यानमा राखेर १ हजार ५० वटा सिरक डस्ना समेत बोकेर आएको बताइन् । विपनाले यसअघि पनि तीन ट्रक सामान, एक मिनी ट्रक औषधि पठाएकी थिइन् । उनले बुधबार आफ्नो माइती गाउँ काठमाडौंको स्युचाटार क्षेत्र वरिपरिका साढे दुई सय घरमा राहत बाँडेकी थिइन् । विपनाले बुधबार काभ्रेको बालुवापाटीमा ध्वस्त भएका चार सय घरधुरीलाई राहत बाँड्ने योजना बनाएकी छिन् ।
विपना थापाले २०६३ मा बिहे गरेपछि नेपाली फिल्ममा अभिनय करियर छाडेर भारतमै बसोबास गरेकी थिइन् । उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता नेपाली फिल्ममा अभिनय गरेकी थिइन् । उनको पहिलो फिल्म ‘जन्मभूमि’ २०५३ सालमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: