दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ गम्भीर घाइते

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइतेभएका छन् भने १० जना सामान्य घाइते भएका छन् । आज मध्यान्ह १२ः३० मा लु१ज १३९२ को भाडाको जीप घर्ती गाउँतिर जाने क्रममा कोटगाउँ–१ माडीचौर रोल्पामा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल रेउघा रोल्पामा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु हुनेमा रोल्पा जिल्ला इरिबाङ–८ का ४२ वर्षका दलबहादुर डाँगी रहेका छन्, भने उपचारका क्रममा मर्ने इरिबाङ कै–२६ वर्षकी बिष्णु वादी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । जीपमा सवार १६ जनामध्ये ४ जना गम्भीर घाइते र १० जना सामान्य घाइते भएका छन ।

0000
गम्भिर घाइते हुनेहरुमा कुरेली–४ रोल्पाका पुर्णबहादुर घर्ती उनकी श्रीमती भीमकुमारी बुढा, छोरी मायाँ घर्ती रहेका छन् । पाछाबाङ–६ का भुपप्रसाद बुढा रहेका छन । घाइतेहरुको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा प्रहरी टोली गएको छ ।
गाडी चालक कुमार वली बाहिर निस्केको समयमा सहचालक सन्तोष बुढाले जीप चलाईरहेका थिए । सोही समयमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान पत्ता लाएको छ । सहचालक सन्तोष पनि घाईते भएका छन भने चालक कुमार वली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: