प्रचण्डले नै गरे ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र फास्ट ट्याकबाट संविधान जारी गर्ने सर्तमा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने र संविधान घोषणा भएको एक महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकारले राष्ट्रिय विपद् व्यवस्थापन योजना कार्यान्वयन गराउने प्रस्ताव प्रचण्डले अघि सारेका हुन् ।
आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिलाउने कोइरालाको चाहना र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न चाहने ओलीको दाबी बुझेपछि प्रचण्डले यस्तो विकल्प अघि सारेका हुन् । कांग्रेस र एमालेको शीर्ष नेतासमक्ष प्रस्तुत यो विकल्पमा सहमति भए आफूहरु पनि कोइराला नेतृत्वकै सरकारमा सहभागी हुन तयार रहेको जनाउ पनि दाहालले दिएका छन् ।

‘एक महिनाभित्र संविधान जारी गर्ने र त्यसको एक महिनापछि सुशील कोइरालाले राजीनामा दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने एउटा विकल्पमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।kp oli

त्यो विकल्पमा कांग्रेस र कोइराला तयार नभएको अवस्थामा ओलीको नेतृत्वमा अहिले नै राष्ट्रिय सरकार गठन गर्ने अर्को विकल्प पनि त्यत्तिकै बलियो गरी अगाडि बढेको स्रोतको दाबी छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: