मन्त्रीको छोरा दावी गर्ने गणेशको निवेदन एमाले मुख्यालयमा

काठमाण्डौ । पर्यटन तथा नागरिक उड्डेयनमन्त्री कृपासुर शेर्पालाई बाबु दावी गर्दै आएका गणेश शेर्पाले नागरिकता दिलाइदिन माग गर्दै बुधवार एमाले मुख्यालयमा निवेदन दिएका छन् । तीन पृष्ठ लामो निवेदनमा उनले बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् ।                                            02

टेन्टबाट सञ्चालन हुँदै आएको एमाले मुख्यालयमा गणेशको निवेदन कार्यालय सहयोगी चन्द्रदेव पासवानले दर्ता गरेर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई बुझाएको छ । एमाले कार्यालय सचिव श्रेष्ठले गणेशले दिएको निवेदनबारे अध्यक्षलाई जानकारी गराउने बताए ।

गणेशले आफू मन्त्री कृपासुरको छोरा भएको प्रमाणित कागजातको रुपमा शैक्षिक प्रमाणपत्र, काठमाडौ जिल्ला अदालतमा दिएको मुद्दाको फोटोकपी पनि निवेदनसँगै संलग्न गरेका छन् । मन्त्री कृपासुरले दलित महिलामाथि यौनशोषण गरेको आरोप शिर्षकमा अनलाइनखबरले पहिलो पटक खबर छापेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: