यातायात व्यवस्था कार्यालयमा भष्ट्राचार

पारस तिम्सिना/

विर्तामोड   झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले विचौलियासँग मिलेर सेवाग्राहीलाई नै हैरान पार्ने गरेको खुलासा भएको छ ।
गत वुधबार झापा गरामनीका जगन्नाथ भट्टराई लाइसेन्सको प्रतिलिपी लिन यातायात व्यवस्था कार्यलय मेची पुगे ।m

लाइसेन्स शाखामा उनी पुगेर आफ्नो काम त्यहाँ रहेका कर्मचारीलाई बताए । त्यहाँ रहेका कर्मचारीले उनको कामका बारेमा खासै चासो दिएनन् र सो काम गर्ने कर्मचारी नभएको बताए । करिब डेढ घण्टादेखी झुलिएका भट्टराईले आफ्नो समस्या यसरी पोख्नुभयो ।

कर्मचारी भएर पनी काम गरीदिएनन्, मान्छे नै छैन भन्छन् तर घुस दिनेहरुको काम भइरहेको छ, मैले घुस नदिएर होला काममा ढिला गरेको । लगतै उनको समस्या सहित उनलाई नै लिएर हामी कार्यलय प्रमुख जयकुमार घिमिरेकहाँ पुग्यौं ।

प्रमुख घिमिरेले अन्कनाउँदै त्यसबारे आफु जानकारी लिने भन्दै फोन गरेपछि भने भट्टराईको पाँच मिनेटमै काम भयो । भट्टराई त उदाहरण मात्रै हुन् । आफ्नो काम लिएर सो कार्यलयमा जाने सर्वसाधारणले सहज ढङ्गबाट सेवा लिन पाइरेहेका छैनन् । कार्यालयका कर्मचारीले सहजै हुने काम पनि घुस खान नपाउने भएपछि सेवाग्राहीलाई दलाल मार्फत आउन बाध्य पार्ने गरेका छन् ।

सेवाग्राहीले यातायात व्यवस्था कार्यालय वरिपरि बसेर दलालीको काम गर्ने व्यत्तिहरुलाई लाग्ने भन्दा घुस बापतको अतिरिक्त रकम बुझाएपछि मात्रै कर्मचारीले काम गर्ने गरेका छन् । झनै कार्यालयका शाखा अधिकृत देवी फुयालले पैसा नलिई काम नै नगर्ने गरेको नाम नखोल्ने सर्तमा एक विचौलियाले बताए ।

कार्यालयका भित्ताहरुमा विचौलियालाई प्रवेश निषेध भनिएपनि काम गर्न विचौलियासमक्ष जानै पर्ने बाध्यता कर्मचारीले नै सिर्जना गरिदिएका छन् । सेवाग्राहीले नागरिक वडापत्रबाट पाउनुपर्ने जानकारी समेत सो कार्यलयमा छैन ।

सेवाग्राहीले आफुले तिर्नुपर्ने रकम र काम हुने ठाउँ थाहा पाउने भयले कार्यालयले वडापत्र नराखेको सेवाग्राहीको आक्रोस छ ।
कार्यालयको कार्यकक्षमा प्रायःकर्मचारी नै भेटिदैनन् । सो कार्यलयका कर्मचारी चिया, खाजा खान, गफिन र आफ्नै काममा व्यस्त हुने गरेपछि सेवाग्राही झनै मार्कामा पर्ने गरेका छन् ।

अझ टाढाबाट आएका सेवाग्राहीलाई झनै दुःख दिने गरेको स्रोतको भनाई छ । यसरी जनतालाई सेवा दिने भनेर सरकारले स्थापना गरेको कार्यालयबाट जनताले नै सास्ती पाइरहँदा पनि सम्बन्धित निकाय किन मौन छ ?

प्रतिक्रिया दिनुहोस्: