८५ वर्षपछि सगरमाथा हिउँविहीन

काठमाण्डौ । यो शताब्दीको अन्त्यसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन् । तापक्रम वृद्दि गरी हिउँ पगाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइड अक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी बुधबार सार्वजनिक अनुसन्धान प्रतिवेदनमा दिइएको छ ।03

युरोपियन जिओसाइन्स युनियन जर्नलमा प्रकाशित विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धान प्रतिवेदनमा तापक्रम बढ्ने क्रम नरोकिएकाले हिमालहरु नांगा हुने प्रक्षेपण गरिएको छ । अनुसन्धान टोलीको नेतृत्व गरेका नेपालस्थित अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र ( इसिमोड) का वैज्ञानिक जोसेफ सीले ठूलो आकारमा हिउँ बिलाउन थालेको बताए ।

वैज्ञानिकहरुले सगरमाथाको हिउँ पग्लिएर बन्ने विभिन्न नदी प्रणालीसहित विभिन्न प्रविधि प्रयोग गरेर अनुसन्धान गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: