अक्षयको ३५ करोड़को पर्सनल एक्सीडेन्ट पोलिसी

एजेन्सी । धेरै ठुला घर वा मन्दीरबाट हामफाल्न होस्, हेलिकेप्टरमा झुन्डीन वा अन्य खतरनाक स्टन्ट गर्न होस, बलिउड अभिनेता अक्षय कुमार कहिले पनि बडीडबलको प्रयोग गर्दैनन् । उनी आफै गर्छन ।

akshay
चाहे उनी बडी डबल्सलाई मन नपराएर हो । निर्माताका रकम बचाउनको लागि हो । तर उनी मेकर्सलाई एक्सीडेन्ट कवरको माग गर्छन् । फिल्म ‘होलिडे’ को लागि आफ्नै कम्पनी हरि होम इन्टरटेटमेन्ट र सनशाइन पिक्चर्सद्वारा ३५ करोड़को पर्सनल एक्सीडेन्ट पोलिसीमा अक्षयको बीमा गराइएको थियो ।

कोइपनि सेलेब्रिटीले अफ्नो फिल्मको लागि यती ठूलो बीमा कहिले पनि गराएका छैनन् । शाहरुख र आमिर जस्ता सुपरस्टार पनि आफ्नो लागि एक्सीडेन्ट कवर माग्दैनन् ।

प्रतिक्रिया दिनुहोस्: