आज गणतन्त्र दिवस, भूकम्पबाट कार्यक्रम प्रभावित

काठमाण्डौ । देश भूकम्पको विपत्तिमा पारेका कारण प्रत्येक वर्ष जेठ १५ गते अर्थात आजका दिन मनाइने गणतन्त्र दिवसमा औपचारिक तथा अनौपचारिक कुनै पनि कार्यक्रम नहुने भएको छ ।

वैशाख १२, १३ र २९ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका ठूला पराकम्पनबाट प्रभावित भएकाहरूको उच्च प्राथमिकताका साथ खोज, उद्धार र राहत जारी नै रहेको तथा पुनःनिर्माण एवं पुनःस्थापनामा सिङ्गो मुलुक जुटिरहेको हुँदा राष्ट्रिय उत्सवका रूपमा मनाइने गणतन्त्र दिवसका कार्यक्रम यस वर्ष प्रभावित भएका हुन् ।

देशमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आयोजना गर्दै आएको स्वागत तथा जलपान समारोह पनि यस वर्ष नहुने भएको छ । नेपालमा छ दशक अघिदेखिका विभिन्न सङ्घर्षको जगमा भएको विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि विसं २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।ram

देशमा गणतन्त्र स्थापनाको सातौंँ वर्ष बितिसके पनि देशले अझैसम्म पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउन सकेको छैन ।
गणतन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै राष्ट्रपति डा रामवरण यादवले भूकम्पको विपत्तिलाई सामना गर्दै नयाँ संविधान निर्माण र भत्किएका संरचना पुनःनिर्माण सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।

“भूकम्पले नयाँ चुनौती थपिदिएको छ, प्रश्न उठ्न सक्छ, अब संविधान अथवा भूकम्पले भत्काएका संरचना मध्ये कुन पहिला निर्माण भन्ने तर यसमा हामी कोही पनि द्विविधामा रहनु हुँदैन–नयाँ संविधान र भत्किएका संरचना सँगैअघि बढ्नुपर्छ त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिदै जानु राम्रो हुन्छ,” राष्ट्रपति यादवले सन्देशमा भनेका छन् ।

राष्ट्रपति डा यादवले राजनीतिक दलहरुले अहिले भूकम्प पीडित जनतालाई राहत पु¥याउने सन्दर्भमा देखाएको जस्तो एकता र समझदारी संविधान निर्माणको सवालमा पनि कायम राख्न सक्नुपर्ने बताए ।

उनले आठौं गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक शासन पद्धतिको अभ्यास गरी संविधान निर्माणसँगै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा लैजान वर्तमान संविधानसभा प्रतिबद्ध रहेको बताउँदै आफ्नो नेतृत्वको सरकार उक्त कार्यलाई परिणाममा पु¥याउन मन,बचन र कर्मले समर्पित भएर लागेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको मतबाट निर्वा्चित पहिलो संविधानसभाले राज्यका सम्पूर्ण शक्ति जनतामा ल्याउन २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतान्त्रिक शासन व्यवस्था ल्याउन गरेको निर्णय ऐतिहासिक भएको र त्यो नेपालको लोकतान्त्रिक इतिहासमा स्वर्ण अक्षरले लेखिने उल्लेख गरेका छन् ।

मुलुक आपसी सहकार्य,एकता र मेलमिलापका माध्यमबाट सहमति कायम गरी लोकतान्त्रिक संविधान निर्माणको तयारीमा जुटेको समयमा अप्रत्यासित रुपमा आएको भूकम्पले कार्यकारी र व्यवस्थापिका दुवैलाई पीडित नेपालीको खोजी,उद्धार,राहत,पुनस्थापनामा जुट्न अग्रसर गराएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा भूकम्प प्रभावित नेपालीलाई सुरक्षित स्थायी आवास दिने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई गति दिने महत्वपूर्ण कार्य विद्यमान रहेका बताएका छन् ।

उनले गणतन्त्र दिवसले भूकम्पको त्रासदीबाट सबैलाई मुक्त पारी सहकार्य, एकता र मेलमिलापको वातावरण सिर्जना गर्दै समस्त नेपालीलाई सुन्दर भविष्यप्रति आशावादी बनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन र देशमा शान्ति र राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई गति दिन प्रेरणा दिन सकोस् भन्ने कामना पनि गरेका छन् ।

यसैगरी दिवसको अवसरमा उपराष्टपति विभिन्न दलका नेता, चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायतले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन् । ‘यहाँहरु सबैले थाहा पाइराख्नुभएकै छ, अहिले राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको कुरा पनि चर्चामा छ,’ प्रचण्डले भने, ‘मन्त्रिमण्डलको विस्तार अथवा मन्त्रीहरु थपिनेमात्रै पार्टीहरु सरकारमा थपिनेमात्रै भयो भने त्यसको कुनै औचित्य हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्: