एमाओवादी संगठन बिस्तार तिब्र

बिर्तामोड । एमाओबादी बिर्तामोड नगरकमिटीको वडा नम्बर ३ वडास्तरीय पार्टी कमिटी गठन भएको छ । बिर्तामोडमा शुक्रबार भएको भेलाले श्रीप्रसाद कट्टेलको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्ष, सचिब, सह–सचिब र कोषाध्यक्षमा क्रमश कृष्ण राजबंशी, बिश्वराज दाहाल, कृष्ण ढुङ्गेल र मुना दाहाल रहेका छन् । त्यसैगरी सदस्यमा गणेशप्रसाद चम्लगाई, टिका आचार्य, काशीनाथ शिवाकोटी, तिर्थ कट्टेल, भिष्म दाहाल, चन्द्रकुमार गिरी, केशब सिटौला, इन्दीरा चम्लागाई लगायत रहेका छन् ।kubar

बिर्तामोड नगर इन्चार्ज कुँबेर श्रेष्ठ (अरुण) को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा २ नं. वडा अध्यक्ष माधबप्रसाद सिटौला, दिपेन्द्र लम्साल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: