झापाको गिरिजा प्रसाद कोइराला स्मृति भवन बिवादमा

बिर्तामोड । गिरिजा प्रसाद कोइराला स्मृति भवन निर्माणमा नियमावली बिपरित जिविस प्रसासनको एकलौटी निर्णय भएको भन्दै एमाले, माओवादी लगायतका दलहरुले आपती जनाएका छन् । स्थानीय स्वयत्त सासन नियमावली अनुसार वडा परिपत्र जारी नगरीकन आफुखुसि जिविसले गरेको निर्णय प्रति मधेसवादी दल सहितका साना दल समेतले आपती जनाएका हुन् ।jbs

एमाओवादी, एमाले, मधेसवादी लगायतका दलहरुको संयुक्त बैठक बसेर यस्तो आपती ब्यक्त गरेका हुन् । यस बिषयलाई लिएर एमाले, एमाओवादी लगायतका दलहरुले आज दिउसो २ बजे एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने एमाओवादी झापाका जिविस प्रतिनिधि सिपि कडरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस्: