बलिउड अभिनेता धमेन्द्र ‘फिट एन्ड फाइन’

एजेन्सी । बलिउडका अभिनेता धमेन्द्रका प्रशसकहरुले डराउनु पर्दैन उनी एकदम स्वास्थ्य छन् । उनको स्वाथ्यको लागि कुनै चिन्ताको कुरा छैन । उनकी छोरी इशा देओलले पनि ट्वीट गरेर उनी ‘फिट एन्ड फाइन’ भएको जानकारी दिएकी छिन् । धमेन्दको स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई पनि इशाले धन्यबाद दिएकी छिन् ।esha-dharmendra
धमेन्द्रको स्वास्थ्य कमजोरीको बारेमा समाचार आएको थियो । स्वास्थ्य कमजोरीपछि उनलाई मुम्बईको ब्रीच केन्डी हस्पिटलमा भर्ती गरिएको छ । तर, अहिले भनिदै छ उनी मात्र रूटीन चेक–अपको लागि त्यहाँ गएका थिए उनको स्वास्थ्य छन् । त्यसको साथै उनी एउटा फिल्मको डबिङ्गमा व्यस्त भएको पनि जानकारी दिइएको छ ।
७९ वर्षीय धमेन्द्र अन्तिम पटक पन्जाबी फिल्म ‘डबल दी ट्रबल’ मा देखा परेका थिए । उनलाई बुधबार हस्पिटलमा भर्ती गरिएको थियो । त्यसैले उनी गम्भीर बीमारी भएको खबरदेखि उनका प्रशन्सक धेरै दुःखी भएका थिए । त्यसैले उनको अफिसको तर्फबाट उनी ठीक भएको खबर दिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्: