सना खान कमेडी फिल्म ‘ग्रेट गेन्ड मस्ती’ मा

एजेन्सी । डाइरेक्टर इन्द्र कुमारको कमेडी फिल्म ‘ग्रेट गेन्ड मस्ती’ मा अभिनेत्री सना खान कमेडी गर्दै देखिनेछिन् । फिल्मको शूटिङ्ग शुरू भइसकेको छ ।

sa1 sa2 sa3

फिल्म ‘मस्ती’ को तेस्रो सीक्वल फिल्ममा पहिले जस्तै विवेक ओबराय, रितेश देशमुख र आफताब शिवदासानी रहने छन् । सनाले साउथका धेरै फिल्ममा काम गरेकी छिन् । सना रियालिटी शो ‘बिग बोस’ र ’खतरों के खिलाड़ी’ मा देखा परिसकेकी छिन् । सनाले सलमान खानको फिल्म ’जय हो’ मा पनि अभिनय गरेकी छिन् ।

जानकारीको अनुसार फिल्ममा एडल्ट डायलोग्स छन्, त्यसको लागि चलतीको कोइपनि एक्ट्रेस फिल्म साइन गर्न मानेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्: