इन्भेस्टमेन्ट बैंकले राहतमा पठाएको तीन सय बन्डल जस्तापाता बेच्न खोजिएपछि नुवाकोटमा तनाव

नुवाकोट । नेपाल इन्भेस्टमेन्ट बैंकले भूकम्पले क्षतिग्रस्त विद्यालयका लागि राहतमा नुवाकोट पठाएको झन्डै तीन सय बन्डल रंगीन जस्तापातामा अनियमितता भएको पाइएको छ । बिहीबार कबिलास झारिएको नेपाल इन्भेस्टमेन्टको लोगो अंकित रंगीन जस्तापाता राहतमा नबाँडी शुक्रबार बिक्रीका लागि ट्रिपरमा राखेर काठमाडौं ल्याउँदै गर्दा स्थानीयले
नुनियन्त्रणमा लिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

वाकोटमा आइपुगेको तीन सय बन्डल जस्तापाता बिक्रीका लागि काठमाडौं ल्याउन खोजिएपछि थानसिंहस्थित छहरेमा राजनीतिक दलहरू र स्थानीय सर्वसाधारणले नियन्त्रणमा लिएका छन् । नियन्त्रित जस्तापातालाई प्रहरीले पहरा दिएको छ ।

स्थानीयले राहतमा आएको जस्तापाता कांग्रेसका केही नेता तथा कार्यकर्ता मिलेर बिक्री गर्न खोजेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।
नियन्त्रणमा लिइएको जस्तापाताको बजार मूल्य झन्डै ४५ लाख बराबर हुने बताइएको छ ।

नेपाली कांग्रेस कबिलास गाविस पार्टी सभापति विनोद पाठकले राहतमा आएको जस्तापाता अर्थमन्त्री रामशरण महत, उनका स्वकीय सचिव रमेश महत र अन्य नेता कार्यकर्ताको मिलेमतोमा बिक्री गर्न खोजिएको आरोप लगाए । उनले रमेश महतको घरमा झारिएको जस्ता कोटेश्वरका व्यापारीसँग ४५ लाखमा बिक्री गर्ने च्यानल मिलाएर लैजान लागिएको प्रमाण आफूहरूले फेला पारेको दाबी समेत गरे ।

उनले भने, ‘राहतमा आएको जस्तापाता ४५ लाखमा बिक्री गर्न लागिएको थाहा पाएका छौँ । यो जनतामाथिको धोका हो ।’
एमाओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य राजन गौतमले राहतमा आएको जस्तापातामाथि अनियमितता गर्न खोजिएको आरोपा लगाए ।01

उनले अर्थमन्त्री रामशरण महत, उनका स्वकीय सचिव रमेश महतलगायत कांग्रेस नेता कार्यकर्ताको मिलेमतोमा यस्तो भएको जिकिर गरे । ‘राहत वितरणमा पनि अर्थमन्त्री महतले आफ्ना मान्छेलाई मात्रै प्राथमिकता दिएर आफ्नो शक्ति र स्रोतको दुरुपयोग गरेका छन् । यो सरकारकै लाजमर्दो काम हो,’ उनले भने ।02

नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले इन्भेस्टमेन्ट बैंकको लोगो टाँस गरिएको जस्तापाता आएको पाइए पनि कसरी र केका लागि आयो भन्ने जानकारी अहिलेसम्म आफूले नपाएको बताए । ‘जिल्ला दैवी प्रकोप कोषसँग समन्वय नगरी जस्तापाता आएकाले यसबारे जानकारी पाउन सकेका छैनौँ,’ उनले भने, ‘इन्भेस्टमेन्ट बैंकको लोगो टाँसिएको जस्तापाता आएको छ र त्यहाँ प्रहरी गएर नियन्त्रणमा लिएको छ ।

तर, सम्बन्धित बैंकका व्यक्तिसँग सम्पर्क हुन नसक्दा अहिलेसम्म यसबारे केही पनि थाहा हुन सकेको छैन । बेवारिसे जस्तापाता नियन्त्रणमा लिएर यसबारे छानबिन गरिरहेका छौँ ।’

उता, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले भने नुवाकोटमा स्थानीयको राहतका लागि बैंकले जस्तापाता नपठाएको बताए । ‘हामीले क्षति पुगेका विद्यालयलाई मात्रै अहिले राहतको कार्यक्रम गरिरहेका छौँ, त्यसका लागि हाम्रा बैंकका कर्मचारी पनि खटिरहेका छन्,’ उनले भने, ‘तर, हामीले स्थानीयलाई राहतका लागि भन्दै जस्तापाटा नुवाकोट पठाएका छैनौँ ।’
यसबारेमा अर्थमन्त्रीका स्वकीय सचिव महतसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

विद्यालयका लागि मात्रै बैंकले पठाएको जस्तापातामाथि कसरी चलखेल हुन पुग्यो भन्ने विषय रहस्यमय बनेको छ । यसबारे सत्यतथ्य छानविन गर्न राजनीतिक दल र स्थानीयहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: