कलाकारद्धारा खेलका लागि राष्ट्रपतिलाई निम्ता

नेपाली कलाकारहरुले राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटेर फुटबल खेल्नका लागि निम्तो दिएका छन् । अभिनेत्री झरना थापा, दीपाश्री निरौलादेखि विभिन्न हाँस्य कलाकार लगायतले राष्ट्रपति निवास पुगेर राष्ट्रपतिलाई निम्तो दिएका हुन् । उनीहरुले राष्ट्रपतिबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।khel
जेठ २३ गते नयाँ पत्रिकाको आयोजनाम नेता र कलाकारविच मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । यो खेलबाट उठेको सम्पूर्ण रकम भूकम्प पीडितहरुको सहयोगका लागि खर्च गरिने छ । यसैले पनि होला, अहिले कलाकारहरु देशका चर्चित नेतादेखि मन्त्रीसम्मलाई फुटबल खेलको निमन्त्रणाका लागि निम्तो दिन लागिपरेका छन् ।
यस्तै, कलाकारहरुले एमाओवादीका नेता डाक्टर बाबुराम भट्टराइलाई पनि भेटेका छन् । भट्टराइले फेसबुक पेजबाटै कलाकारहरुले फुटबल खेलका लागि निम्तो गरेको जानकारी दिएका हुन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका शिर्ष नेता सबैलाई निमन्त्रणा गर्ने कलाकाररुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: