काठमाण्डौलाई केन्द्र बनाई १२ कडा झड्का

काठमाण्डौ । हालसम्म काठमाण्डौलाई केन्द्र बनाएर १२ वटा भूकम्पका कडा झड्का गएका छन् । वैशाख १२ को विनाशकारी महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका हुन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन ।NEPAL-QUAKE

काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भ्विदहरुले बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास रहेको देखिन्छ ।
भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो ।

शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए पनि ठूलै झड्का दिएपछि राती नै काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए ।

वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: