धनमायाको सिरानीमा कृपासुरको तस्वीर

काठमाण्डौ । वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा तत्कालीन नायब सुब्बा कृपासुर शेर्पासँग प्रेममा परेर छोरासमेत जन्माएको बताउने धनमाया दर्नाल अहिले अर्धचेत अवस्थामा छिन् ।
छोरा स्वीकार गर्न भन्दै उनले कृपासुरसँग ३५ वर्षसम्म रोइकराइ गरिन्, तर मानसिक पीडा र शारीरिक रोगले थलिएकी उनी अहलिे न रुन सक्छिन न हाँस्न ।

दुवै हातका औला नभएकाले खान कठिन छ, उठ्न नसक्ने भएकाले दिसा(पिसाव पनि ओछ्यानमै बसेर गर्नुपर्छ ।pp1
भोजपुरका कृपासुर नायब सुब्बाका रुपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका बेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए ।

उनीहरुको सम्बन्धबाट ३७ मंसिर १ मा जन्मेको दाबी गर्ने गणेश अहिले बाबुसँग कानुनी लडाइँ लड्न काठमाडौंमा डेरा गरी बसेका छन् । त्यही डेरामा बस्छिन धनमाया जसको सिरानीमा कृपासुरको फोटो रहेको छ ।

बिरामी धनमाया राम्ररी बोल्न पनि सक्दिनन् । सासैसासमा उनले भनिन्(‘म कृपासुरकी स्वास्नी हुँ । गणेश हाम्रो छोरा हो । म मर्ने बेला भएको छ । छोराको नागरिकता आउला भनेर अदालतमा पनि गएँ । मसँगै छोराले पनि दुःख पायो, छोराको अनुहारमा हाँसो देखेर मर्ने मन छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: