मोदीले नेपाल निर्माणमा उच्च अधिकृत नियुक्त गर्ने

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पपछिको अवस्था सहजीकरण गर्नका लागि एक विशेष अधिकृत नियुक्त गर्ने भएका छन् । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा शुक्रबार प्रधानमन्त्री मोदीले उक्त जानकारी दिएका हुन् ।

मोदीको भनाइ उद्धृत गर्दै उपाध्यायले भने,‘म तपाईंलाई एकजना सम्पर्क व्यक्ति दिनेछु, जसले भूकम्पीय क्षतिपछि उपयुक्त अवस्थामा निर्माणका लागि नेपाल सरकार र भारतबीच समन्वयको काम गर्नेछन् ।’                                                                                                                      modi

मोदीले स्पष्ट गरेको भारतीय सहयोग नेपाल सरकारले कुन रुपमा परिस्थिति अगाडि बढाउने भन्ने निर्णय गरेपछि मात्र आउनेछ ।

उपाध्यायका अनुसार मोदीले गहिरो चासो देखाउँदै नेपालबारे उनी निकै चिन्तित रहेको र भारतबाट प्राप्त हुने सबै सहयोग नेपालको आवश्यकताअनुसार हुने बताए । राजदूत उपाध्यायले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास सात रेसकोर्स रोडमा मोदीसँग करिब १५ मिनेट शिष्टाचार भेट गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: