शक्तिशाली महिलाको सूचीमा गायिका टेलर स्विफ्ट

एजेन्सी । गायिका टेलर स्विफ्टलाई यो बर्ष प्रतिष्ठित म्यागजीन फोर्ब्सको शक्तिशाली महिलाको सूचीमा शामिल गरिएको छ । यिनी यस सूचीको ६५ औ नम्बरमा परेकी छिन् । यो पहिलो पटक भएको हो की जब स्विफ्टलाई यस सूचीमा रेकिङ्ग दिइएको थियो ।t1

उनी पछिल्लो ६ बर्ष देखि यस लिस्टको लागि चुनीएका महिलाहरु भन्दा कम उमेरकी हुन् । उनलाई यो स्थान उनको पछिल्ला बर्षका महत्वपूर्ण बिजनेस डिसीजन्सलाई मध्येनजर गर्दै दिइएको हो । म्यागजीनले उनको निर्णयलाई साहसिक मानेको छ । स्विफ्टले पछिल्लो समय अफ्ना पुरै म्यूजिक अनलाइन प्लेटफार्मदेखि हटाउने निर्णय लिएकी थिइन् । सात पटकको ग्रेमी अवार्ड विनर स्विफ्टका अहिलेसम्म चार करोड एलबम बिक्री भइसकेका छन् ।t2

साथै दस करोड़ भन्दा धेरै पटक उनका गीत डाउनलोड भइसकेका छन् । ती सोसियशल मीडियामा पनि लोकप्रिय छन् ।t3t4

उनका ५.८० करोड भन्दा बढी फलोवर्स छन् । न्यूयर्क टूरिज्म बोर्ड की प्रवक्ता स्विफ्टले एजुकेशन डिपार्टमेन्टलाई ५० हजार डलरको सहयोग गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: