सहमतिको सरकार निर्माणको सरगर्मी

काठमाण्डौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहानै राजधानीको एउटा कार्यक्रममा सहभागी भएर सिन्धुली गए । सिन्धुली जानु अघि राष्ट्रिय सहमतिको सरकारबारे बोलेका उनी दिउसो फर्केर सोझै एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे ।

राजधानीको एक होटलमा सहमतिकै सरकारको प्रसंग उठाएर एमाओवादीकै नेता बाबुराम भट्टराई पनि दाहालसहित ओली निवास पुगेर एक घण्टाको कुराकानी गरे । त्यसपछि दाहाल, भट्टराई ओलीसहित साझ प्रधानमन्त्री निवास बालुवाटार गए ।

                                                                                                                                                    jhalanath khanal
दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमै काग्रेस पदाधिकारीको बैठक बसेको थियो भने ओली निवासमा एमालेका शिर्ष नेताको । शुक्रबार भएका दल र नेताहरुका यी बैठकका दौडधुपको मुख्य एजेण्डा छ– ‘राष्ट्रिय सहमतिको सरकार’ । भकुम्पपीडितको राहत र पुनस्र्थापनाको कुरा चलिरहँदा राजनीतिक बृत्तमा भने सहमतिको सरकार निर्माणको सरगर्मी चढेको छ ।kp oli

कस्तो सरकार ,कहिले र कसरी बनाउने भन्नेमा विशेष गरी प्रमुख तीन दलबीच आन्तरिक लेखाजोखा चलिरहेको छ । बिषेश गरी एमाले र एमाओवादी सहमतिको सरकार निर्माण अपरिहार्य भन्दै बढी दौडेका छन् ।

दुबै दल सुशील कोइराला नेतृत्वको सरकारबाट संविधान र पुनर्निर्माणको काम पुरा हुन नसक्ने निष्कर्षमा पुगेका छन् । त्यसैले दुवै दलले कोइरालालाई नया सरकारका लागि मार्गप्रशस्त गर्न दबाब दिइरहेका छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।madhav nepal

प्रतिक्रिया दिनुहोस्: