युवा पत्रकारद्धयलाई पितृशोक

भद्रपुर । झापा भद्रपुरका युवा पत्रकारद्धय उत्तम नेपाल र राजन नेपाललाई पितृशोक परेको छ । उत्तम नेपालसमाचारपत्र दैनिक र ब्लाष्ट टाइम्स दैनिकका पत्रकार हुन भने राजन प्रतिदिन दैनिकमा भद्रपुरबाट लेख्छन ।

नेपालद्धयका पिता ८२ बर्षको कृष्णभक्त नेपालको शनिवार बेलुका साढे ४ बजे भद्रपुर १५ स्थित आफनै निवासमा निधन भएको हो । विगत केही बर्षदेखि दुवै मृगौला काम नलाग्ने भएपछि भद्रपुर पश्चात काठमाडौमा बसेर उपचार गराएका थिए ।

उनको उपचार त्यहा पनि सम्भव नभएपछि अस्पतालले घर फर्काएको महिना दिन नबित्दै उनको निधन भएको परिवारजनले बताएको छ । स्व. नेपालको श्रीमती पवित्रादेवी, चार छोरा, दुई छोरी, नौ नाती, ४ नातीनी हुनुहुन्छ ।

छोराहरु चुडामणि, लक्ष्मीप्रसाद, हुतराज (उत्तम) र भेषराज (राजन) रहेका छन । उत्तम नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य र खोज पत्रकारीता मञ्च चन्द्रगढीको उपाध्यक्ष समेत रहेका छन् । कान्छो छोरा भेषराज (राजन) पत्रकार महासंघ झापाका सदस्य रहेका छन ।

भोजपुर जिल्ला सिक्तेलकोट गाविस ४ निवासी पिता गोपीकृष्ण र माता विष्णुमाया नेपालको एक मात्र पुत्ररत्नको रुपमा विस १९९० बैशाखमा जन्म भै गोगने निवासी पिता चक्रप्रसाद र माता धर्मशिला न्यौपानेकी माइली सुपुत्री पवित्रादेवीसँग वि.स. २०१० सालमा बिवाह बन्धनमा बाधिई गृहस्त जीवनमा प्रवेश गरेका थिए ।

कृष्णभक्त नेपाल नेपाल कुलवंशकै पे्ररणादायी स्रोतको रुपमा परिचित हनुहुन्छ । आफ्नो युवा अवस्थामा उहाले भोजपुरका जनोदय मावि सिक्तेल कोटको स्थापना गरी संस्थापक संचालक समितीको सेक्रेटरी र पछि सोहि समितीको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

सिक्तेल कोट गाविस ४ नं. वडाको अध्यक्षमा पटक पटक निर्वाचित कार्यवाहक प्रधानपञ्च समेत भई जनताको सेवामा समर्पित हुनु भएका छन । भोजपुर पश्चात २०५४ देखि झापाको चन्द्रगढीलाई कर्मथलो बनाउनु भएका कृष्णराजलाई नेपाल पुजा प्रतिष्ठान काठमाण्डौवाट ०७२ वैशाखमा जेष्ठ नागरिक अभिनन्दन गरिसकेका छन । उहाको आइतबार विहान दाहसस्कार गरिएकोे पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: