विभिन्न कार्यक्रमको आयोजना गरी विश्व धुम्रपान दिवश मनाइयो

ताप्लेजुङ्ग । विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार विश्व धुम्रपान दिवश ताप्लेजुङमा पनि मनाइएको छ ।  ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा जनामा ‘सुर्तीजन्य पदार्थको अवैध व्यापार रोकौँ’ मूलनारा का साथ विश्वधुम्रमान तथा सुर्तीरहित दिवश मनाइएको हो ।2222
कार्यक्रममा जिल्ला प्रसाशन कार्यालयका शाखा अधिकृत भगीमानमादेनको प्रमुख आतिथ्यता, जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङको आयोजनामा भएको थियो । कार्यक्रममा प्रभात फेरी बिहान ७ बजेजिल्ला स्वास्थ्य कार्यालय पाथीभरा चौकदेखि शुरु भई, गणतन्त्र चौक, जीमिपोखरी टोल, तोक्मे, शान्ति टोल, न्यूरोड, हुँदै विभिन्न स्थान परीक्रमा गरी पुन गणतन्त्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
बिहान ७ बजे शुरु भएको कार्यक्रम, प्रभातफेरी, जनचेतनामुलक गीत तथा साँस्कृतिक कार्यक्रम गरेर ११ बजेसम्म गणतन्त्र चौकमा विश्व धुम्रपानतथा सुर्ती रहित दिवश मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि भगीमानमादेनले हरेक वर्ष ३१ मेमा विश्व धुम्रपानतथा सुर्तीरहित दिवश मनाइने र यस वर्षको नारालाई सार्थक बनाउनको लागि सरोकारवाला निकायहरु र प्रसाशनले प्रमुखताका साथ लागू गराउनमा उद्धत रहेको बताए । कार्यक्रमको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.कृष्णहरी सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: