आफैंले गोली प्रहार गरी मृत्यु

सप्तरी । पोर्ताहा–५ बस्ने ३५ बर्षीय अनिल खिरहरी यादव आफैंले गोली प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यादवलाई आइतबार राति उनकै घरको कोठा भित्र कटुवा पेस्तोलले अनुहारमा गोली हानी मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।01

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान सोको खोका १ थान बरामद गर्नुका साथै यस सम्बन्धमा अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: