कृषकका लागि निःशुल्क विऊ वितरण

विर्तामोड । नेपाल सरकारले कृषकका लागि पहिलो पटक निःशुल्क विऊ वितरण गरेको छ । धानको विउका लागि व्याँड राख्ने समयलाई लक्षित गरी एक जनालाई २ किलोको दरले धानको विऊ निःशुल्क वितरण गरेको हो । राष्ट्रिय वीउ विजन कम्पनी लिमिटेड मूख्य शाखा इटहरीले स्वर्णासव–१ नामक उन्नत धानको विऊ वितरण गरेको हो ।dhan

झापाका लागि चन्द्रगढी दक्षिणी क्षेत्रमा पर्ने कृषि सेवा केन्द्र र पूर्वका लागि दुहागढी–५ मा रहेको कृषि सेवा केन्द्र चारआलीबाट वितरण सुरु गरिएको कर्मचारी जगतबहादुर खवासले जानकारी दिए ।

उन्नत जातको वीउ भएकाले उर्भर तथा पानी पुग्ने ठाउँमा कठ्ठामा ६ मनसम्म फल्ने कृर्षि प्राविधिकको भनाई छ । मूख्य शाखाले तराईका विषेश गरेर धान उत्पादन हुने जिल्लाहरु झापा, मोरङ, सुनसरी र सप्तरीमा उक्त जातको धान निशुल्क वितरण गरेकोे हो ।

प्रतिक्रिया दिनुहोस्: