क्रिकेट मैदान निर्माण कार्य सुरु

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा ३ स्थित रहेको सिद्धार्थ रंगशालालाई स्तरन्नोति गरी अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि दोस्रो चरणको काम सुरु भएको छ ।
पहिलो चरणको काम अन्तगत २०६८ सालमा ड्रसिङ रुम, क्रिकेट संघको कार्यालय लगायतका लागि भवन निर्माण भइसकको छ ।

तर, तीन वर्ष वित्दा पनि समेत बजेटको अभावका कारण दोस्रो चरण काम सुरु हुन सकेको थिएन ।05
रंगशालामा दोस्रो चरणको काम अन्तरगत अहिले माटो भर्ने। मैदान सम्याउने र घाँस रोप्ने काम सुरु भएको रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए ।

दोस्रो चरणको काम तिव्र गतिमा भइरहेको भन्दै उनले २५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अहिले मैदानमा माटो भर्ने काम भइरहेको छ ।
अध्यक्ष मल्लका अनुुसार क्रिकेट मैदान निर्माणको दोस्रो चरणको काम लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
बजेट भए अर्को वर्ष क्रिकेट मैदानलाई सुरक्षित बनाउन पर्खाल लगाउने र पिच निर्माणको काम सुरु गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्: