घाँटी थिची श्रीमतीको हत्या

लहान । घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका– २ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी आफ्नै श्रीमतीको हत्या गरेका छन् । तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घाइते भएका उनलाई उपचारका लागि विराटनगर लैजाँदा बाटोमा मृत्यु भएको छ । मृतक दम्पतीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पु¥याइएको छ ।02

यसैबीच सप्तरीको पोर्ताहा गाविस– ५ का ३५ वर्षीय अनिलकुमार खिडहरि यादवले आज कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् । घटनास्थालबाट प्रहरीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: