झापामा आफ्नै बाबुद्धारा एक बालिका बलात्कृत

बिर्तामोड । झापाको गरामनी ९ मा आफ्नै बाबुद्धारा एक बालिका तीन बर्षयता बलात्कार हुदै आएको खुलेको छ । आमा बिदेश गएको मौका पारी गरामनी ९ का राई थरका बाबुले छोरी बलात्कार गरेका हुन् । श्रीमतीलाई रोजगारका लागि कुवेत पठाएर पीडकले ११ बर्षको हुदादेखि छोरीलाई बलात्कार गर्न शुरु गरेको पीडितले बताएकी छन् ।

उनले आफ्नी आमा नेपाल आएको समयमा बाबुको कर्तुतका बारेमा आमालाई सुनाएकी थिइन् । गाँउलेको पहलमा पीडक राइलाई पक्राउ गरिएपनि उनी भाग्न सफल भएको स्थानीय प्रजापति सिटौलाले बताए ।balatkari

उनले बलात्कारको पोल खुल्ने डरले आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । गाँउलेले डोरी काटेर झारे लगत्तै उनी फरार भएको स्थानीयले जानकारी दिएका छन् । पीडित बालिकाको स्थानीय अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ भने राई बिरुद्ध प्रहरीमा उजुरीको दिने तयारी गरिएको बताईएको छ ।

यसैगरी खुदुनावारी–२ का नरदेव दनुवारले एक १४ बर्षिय बालीकालाई बलात्कारको प्रयास गरेका छन् । उनले शनिवार बेलुका शनि–अर्जुन नगरपालीका–३ बस्ने तामाङ थरकी एक बालिकालाई बलात्कारको प्रयास गरेका हुन । दनुवारलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: