न्युरो सर्जरी अपरेशन सुरु

विर्तामोड । झापाको विर्तामोडमा सञ्चालित वि एण्ड सी टिचिङ एण्ड रिसर्ज सेन्टरमा न्युरो सर्जरी अपरेशन सुरु भएको छ । हस्पिटलले झापा खुदुनावारीका कृष्णप्रसाद ढुङगेलको टाउकोको जटिल न्युरो सर्जरी अपरेशन सफल गरेका छन् ।b & c

८५ बर्षीय ढुङगेल टाउकोको बिराम लागेर बिर्तामोडस्थित बी एण्ड सी टिचिङ एण्ड रिसर्ज सेन्टरमा उपचारका लागी भर्ना भएका थिए । अस्पतालका न्युरो सर्जर डा चन्द्रप्रकाश लिम्बुले सो अफरेसन सफल पारेका हुन ।

अफरेसन सफल भएपछि हस्पिटलले पत्रकार भेटघाट गरी सो कुराको जानकारी दिएको छ । गत महिनाबाट मेची अञ्चलकै पहिलो मेडिकल कलेजका रुपमा सुरु भएको यस अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, आईसीयु सेवा, भेन्टिलेटर, प्याथोलोजी, भिडियो एक्सरे, सीटी स्क्यान जस्ता सेवाहरु अत्याधुनिक प्रबिधिबाट सञ्चालन गर्दै आएको छ ।

यस अस्पतालले आजैबाट छालामा मासु पलाएको लेजरको माध्यामबाट हटाउने अपरेसन समेत सुरु गरिएको अस्पतालका निर्देशक डा. उमेशकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: