मापसे गर्नेहरुको संख्यामा वृद्धी

बिर्तामोड । ट्राफिक प्रहरीले कडाई गरेपनि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्यामा बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उपत्यकापछि ४ वर्षदेखि झापामा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन ट्राफिक प्रहरीले गरेको आग्रहलाई उल्लङ्घन गर्नेको संख्या बढेको कार्यालयले जनाएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७१÷२०७२ सालमा मापसे गरेर सवारी चलाउनेको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभर चेकजाँचका क्रममा २०७०÷०७१ मा ५ सय २० जना मापसे कारवाहीमा पर्दा ५ लाख २० हजार राजश्व संकलन भएको थियो ।

अर्को २०७१÷०७२ मा २ सय ८६ जनाबढेर ७ सय ८६ जनालाई कारवाही गरेको छ । सो वर्ष ७ लाख ८६ हजार राजश्व संकलन गरेको कार्यायले जनाएको छ ।08
आर्थिक वर्ष २०७०÷२०७१ र मा २०७१÷०७२ को तुलनामा सवारी दूर्घटना र मृत्यु संख्यामा कमी आएको जनाएको छ ।

२०७०÷२०७१ मा १ सय ९२ वटा सवारी दूर्घटना भएको थियो भने ६२ जनाको मृत्यु भएको थियो । ४२ हजार १ सय ७७ सवारीलाई कारवाही गर्दा १ करोड, ४१ लाख, ३२ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सवारीलाई २०७१÷२०७२ मा १ सय १८ वटा दूर्घटना हुँदा ५४ जनाले ज्यान गुमाएका थिए भने ४१ हजार ८सय सवारीलाई कारवाही गर्दा १ करोड ५८ लाख ८७ हजार ३सय राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: