रमेश महत विरुद्ध १०० जनाको उजुरी

काठमाण्डौ । काठमाडौंबाट १४ गते राती १० बजे चारवटा आइचरमा जस्ता नुवाकोटको कविलास जाँदैछ भन्ने जानकारी प्राप्त भएको थियो । त्यही जानकारी पछ्याउदै जाँदा त्यो आइचर कबिलास गएर रमेश महतको घरमा गएको थाहा भयो ।

त्यहि अपलोड भयो । त्यो गाडिहरु फर्कियो । १५ गते दिउसो नै त्यो जस्तापाता केहि उनको घरवरिपरि झारेर काठमाडौं लैजाने कुरा रहेछ । उनीहरुको लागि गाडि चाहियो । लोकल टिपरहरु थिए । यहाँका भाइहरु नै डाइभर थिए । उनीहरुलाई नदिएर अलि टाढाको डाइभर खोजियो ।

महतको घर सम्मको लागि रित्तै जानु भन्दा २० बोरा सिमेन्ट र बालुवा लैजाने कुरा भयो । सिमेन्ट र बालुवा महतको घरमा आप्लोड भयो । डाइभर गलेका थिए । रमेश महतका बुवाले २ सय ७० बण्डल जस्ता लोड गरेर फाँटमा ल्याउन भनेपछि त्यो फाँट तिर झारियो ।

थान्सीङ १ छहरे बजारमा चार जनालाई मिश्र होटलमा खाना अर्डर गरिएको रहेछ । डाइभरका अनुसार खाना पाकेको थिएन । उनीहरुलाई रमेश बुढाथोकी भन्ने व्यक्तीलाई स्कटिङ गरेर फाँटमा झारेका थिए । बुढाथोकी काँग्रेसको भद्रटार गविसको इकाई सदस्य हुन् ।01

खाना खाने बेला जस्ता गाडिबाट झार्न डाइभरले आग्रह गरे । तर बुढाथोकीले मानेन् । उनले भाडा २० हजार दिन्छु काठमाडौं लिएर हिड भनेर डाइभरलाई त्यहि दबाब दिन थाल्यो । कोटेश्वर सम्मको २० हजार भाडा उचित हुँदा हुदै पनि केही शंका लागेरै डाइभरले मानेन ।

डाइभरले २५ हजार चाहिन्छ भनेपछि बुढाथोकीले रमेश महतलाई फोन लगायो ।
महतले दबाब दिइरहे २० हजारमा लैजानको लागि तर डाइभरले मानेन । त्यहाँ बार्गेनीङ भयो । २० र २५ को विषयमा लामो समय गलफत्ति भयो । त्यो बार्गे्निङ स्थानिय र होटलवालाले सुने उनीहरुलाई शंका भयो । त्यहिको टिपरलाई पनि नदिने टाढाको भाइलाई दिने अनि बार्गे्निङ पनि चलिरहेको देखेपछि ठूलै हल्लाखल्ला हुन गयो ।

राहतको लागि थुप्रीएका धेरैको कान सम्म यो कुरा पुग्यो । यो टिफरमा के रहेछ एक जनाले हेरे । एक्कासी जस्ता छ भन्ने वित्तिकै २ मिनेट मै मान्छे जम्मा भए । राहतको प्रतिक्षामा चोकचोकमै जम्मा भएका स्थानियको भिड नै लाग्यो । गाडि माथी उक्लेर जस्ता हारालुछ गर्न थाले । जस्तामा नेपाल इन्भेष्टमेन्ट बैंक लेखिएको थियो ।

हामीले केहि समयको प्रयासपछि हारालुछ हुनबाट जोगायौं । प्रहरी प्रशासनलाई खबर गर्यौं । प्रहरीले जिल्ला प्रशासनमा लैजान खोजे तर जनताले फेरि रोके । रातभरि त्यही बस्यौं । भोलीपल्ट विहान पत्रकार बोलायौं । कब्जाको २५ घण्टा सम्म पनि त्यो जस्ता कसको भनेर दावी गर्ने कोहि पनि आएन । जिल्ला प्रशासनले चासो देखाएन । स्थानिय मिडियाले खबर बजाउन चाहेन ।

नुवाकोट एफएमका सञ्चालक पदम उप्रेतिले दिएको समाचार पनि प्रशारण भएन । किन भनेर सोध्दा माथिको आदेश भन्दै बजाउन मानेन रे । त्रिसुली टिभि लगायत सबैलाई रोक लगाइयो । भोलीपल्ट विहान यथार्थ घटना बारे बजाएनन् । दिउसो सम्म ती महत सम्पर्कमा आएनन् । हाम्रो फोन पनि उठाउनु भएन ।

प्रशासनलाई भन्दा माथिको आदेश भन्दै चुप लागेर बसेको अवस्था थियो । सिडियो कहिल्यै फोन उठाउदैनन् । डिएसपीलाई फोन गर्यो माथिको आदेश भन्दै केहि पनि नगर्ने अवस्था आयो ।
शनिबार राति १० बजे जिल्ला प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली आएर जनतालाई लाठीचार्ज र तितर वितर पारेर त्यो जस्ता सदरमुकाम त्रिसुली लग्यो ।

आज विहान जिल्ला दैविक उद्धारकोषमा सो जस्ता हस्तान्तरण गरिएको छ । आजै मात्र १०० जनाले रमेश महत विरुद्ध उजुरि दिएका छौं ।

प्रतिक्रिया दिनुहोस्: