राति ट्याक्टर चलाउन नपाइने

जाजरकोट । ट्राफिक प्रहरी नियमअनुसार जाजरकोटमा राति ट्याक्टर चलाउन नपाइने भएको छ । दुर्घटनालाई न्युनीकरण गर्न ट्याक्टर व्यवसायीहरुमा ट्राफिक नियम लागु हुने भएको हो ।

सोमबार बिहान जिल्लाको सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोष्टको संयुक्त आयोजनामा नीजि तथा भाडामा रहेका ट्याक्टर साहु, ट्याक्टर चालक र संचालकको उपस्थितिमा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक अनुशिक्षण कार्यक्रम संञ्चालन गरिएको थियो ।06

उक्त अनुशिक्षण कार्यक्रममा नियम संगत् ट्याक्टर सञ्चालनमा ल्याउनका लागि रातिमा ट्याक्टर चलाउन नपाइने, ट्याक्टरमा साउण्डबक्स राखेर डेग बजाउन नपाइने, ट्याक्टरमा बाटो बिगारेर कुटेका गिट्ीहरु ढुवानी गर्न नपाइने र ट्याक्टरमा चालक तथा सह–चालक बाहेक अरुले सवार गर्न नपाइने बताइएको छ ।

यातायात दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरी तथा ट्राफिक प्रहरी सधैं लागि परिरहेको प्रहरी नायब उपरिक्षक दिनेशराज मैनालीले बताए । राम्रो कामको थालनी पहिले आफु भित्रबाटै गर्नुपर्ने प्रहरी नायब उपरिक्षक मैनालीको तर्क थियो । साथै उनले कमाउनलाई ट्याक्टर व्यवसायीहरुलाई धेरै हतारो नगर्न पनि आग्रह गरे ।

अनुशिक्षण कार्यक्रममै ट्याक्टर चालकहरुले छातीमा हात राखेर अबदेखि मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाउने छैनौं, ट्याक्टरलाई तिव्र गतिमा कुदाउने छैनौं भनेर प्रतिबद्धता जाहेर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको आयोजनामा व्यवसायी र चालकहरुकाबीचमा चलाइएको अनुशिक्षण कार्यक्रममा चालकहरुले जाहेर गरेको प्रतिबद्धताले ट्याक्टर दुर्घटनामा कमि आउन विश्वास गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: