राहत बितरणमा घोटला भयो – थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल  थापाले राहत वितरणमा ठ्ला राजनीतिक दलसमेत घोटला गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लव भक्तपुर गरेको साक्षत्कार कार्यक्रममा बोल्दै थापाले भुकम्प पश्चातको तथ्यांकसमेत सरकारसँग नभको र हचुवाकै भरमा संकलन हुँदा देशी विदेशीले पत्याउन नसकेको बताए ।03

कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको भन्दै थापाले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकार गठन गर्ने चर्चा चलेको दावि गरेका छन् । राष्ट्रिय सरकारको निर्माण काँग्रेस र एमालेमै निर्भर भएको र एमाले तथा काँग्रेसले एकतालाई कायम गर्दै संविधान निमार्णमा अग्रसर बन्नु पर्नेमा जोड दिएका छन् ।

विपतपछि कालोबजारी बढेको भन्दै उनले भने ‘प्रधानमन्त्रीको भनाई भाषणमै सीमित हुँदा सरकारको निर्णय पनि कागतमै सीमित बनेको छ ।’ भारत र चीनले नेपालको लिपुलेक बारेमा गरेको द्धिपक्षीय हस्ताक्षरले नेपालको राष्ट्रियतामा आँच आउने भएकाले यसको अन्यौल हटाउन सरकाले तत्कालै कुटनीतिक पहल गर्न समेत थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: