संविधान नबनी मधेसी मोर्चा सरकारमा जाँदैन – उपेन्द्र यादव

काठमाण्डौ । राष्ट्रिय सरकारबारे ३० दलीय मोर्चामा छलफल भइरहेका बेला सोही मोर्चाको एकघटक मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले फरक विचार राखेका छन् । संविधान नबनी सरकारमा नजाने मधेसी मोर्चाले यसअघि नै निर्णय गरिसकेको उनको भनाइ छ ।

‘अहिलेको मुलुकको प्राथमिकता के हो ? सरकार हो कि पुनर्निर्माण हो ?’ यादवले अनलाइनखबरसँग भने(‘मधेसी मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने भनेर यसअघि नै निर्णय गरिसकेको छ ।’ प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको अवधारणामा पनि सरकार भन्ने शब्दावली नभएको यादवले बताए ।04

‘अहिले मुलुकको प्राथमिकता राहत, उद्धार र पुनर्निर्माण हो, यादवले भने ‘दोस्रो प्राथमिकता संविधान हो, अहिले पुनर्निर्माणका लागि राष्ट्रिय नीतिको आवश्यकता छ, जुन अहिलेको सरकारबाट पनि काम चल्न सक्छ ।

’ लगभग दुई तिहाइ बहुमत रहेको सरकार ढालेर साधारण बहुमतको सरकार बनाउनुको कुनै अर्थ नरहने भन्दै नेता यादवले अहिले भइरहेको सरकार परिवर्तनको बहसलाई ‘कुर्सीको खेल’ को संज्ञा दिए । आफू राजधानीमा रहेर पनि आइतबार ३० दलको बैठकमा नगएको यादवले बताए । मोर्चाका केही नेताहरु सरकारमा नजाने आफ्नै पूर्व्निर्णयलाई बिर्सेर सत्ताको लोभमा फस्न लागेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्: