सोमवार वर्षकै उच्च गर्मी

काठमाण्डौं । काठमाडौं उपत्यकामा केही दिनदेखि बढेको गर्मीको पारो सोमबार वर्षकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । ‘यो अहिलेसम्म वर्षकै उच्च तापक्रम मापन भएको छ’ विभाग मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भने(‘यो बढ्न पनि स्क्छ ।033

किनकी आजको अधिकतम तापक्रम भने साँझ ५ः४५ मा मापन हुन्छ ।’ यसअघि जेठ ९ गते शनिबार र १७ गते आइतबार काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । मनसुन सुरु नभएसम्म गर्मी कायमै रहनेछ । समान्यतया मनसुन जुन १० आसपासमा सुरु हुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारको तापक्रम गत वर्षको भन्दा बढी हो ।

गत वर्ष मे २१ मा ३३.२ डिग्री सेल्सियस थियो । सबैभन्दा बढी गर्मी हुने जुनमा भने २०१२ मा जुन १३ मा ३५.२ डिग्री सेल्सियस पुगेको थियो । काठमाडौंमा अहिलेसम्मकै अधिकतम तापक्रम भने १९८९ मा ३६.६ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्: