१० वर्षीया बालिकालाई भारत लैजाँदै गरेकी महिला पक्राउ

गौशाला । बालिकालाई बेच्न भारत लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले महोत्तरीका एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा गाविस–१ का सियाशरण महराकी श्रीमती पिङ्कीदेवी महरा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले जनकपुर उपमहानगरपालिका–१६ पुल चोकमा डेरा गरी बस्ने १० वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लैजाँदै गर्दा महोत्तरीको सीमासँग जोडिएको भारतीय सहर भिट्ठामोडमा उनलाई विहार प्रहरीले आइतबार पक्राउ गरेको हो ।07

नेपाली सीमास्थित सीमा प्रहरी कार्यालय भिट्ठामोडका इन्चार्ज प्रहरीनायब निरीक्षक सुरेन्द्र सिंहका अनुसार महिला भारतीय प्रहरीको नियन्त्रणमा रहेकी छिन् । बालिकालाई आफन्तको जिम्मामा लगाइएको छ । बालिकालाई ललाइफकाई भारतमा बेच्न लगिरहेको हुन सक्ने आशङ्का गर्दै प्रहरीनायब निरीक्षक सिंहले महिलाले फरक–फरक वयान दिइरहेको तर, ती सबै शङ्कास्पद रहेकाले अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: