‘२० लाख नदिए बालकलाई मारिदिन्छु’

सिरहा । सिरहाको सुखिपुर गाविस–६ दहिपौडी टोलका अपहृत बालक श्रवण भण्डारीका आमासँग अपहरणकारीले रु २० लाख फिरौती माग गरेका छन् । तर फिरौती रकम बुझाउन नसक्दा बालक भण्डारी अपहरण मुक्त हुन पाएका छैन् ।02

यही जेठ ११ गते बिहान अपहृत बालकका आमा अरहुलिया भण्डारीसँग अपहरणकारीले फोन गरेर रु २० लाख फिरौती माग गरेको प्रहरीले जनाएको छ । फिरौती रकम नदिए बालकलाई मार्ने पनि धम्की दिइएको छ । सामान्य आर्थिक हैसियत भएका भण्डारी परिवार कृषि पेसामा आश्रित छन् ।

अपहृत बालककी आमा अरहुलियाले आँखाबाट आँसु चुहाउँदै भने – ‘घर चलाउन त गाह्रो छ । कहाँबाट २० लाख रुपैयाँ दिने ? तपाइँहरु मेरा छोरालाई बचाइदिनुस् ।’
श्रवण सम्पर्क्विहीन भएको भोलिपल्ट दिउँसो १ बजे जब फिरौती माग्न अपहरणकारीले फोन गरे त्यसयता अपहृत बालकका आमा अरहुलियाको आँखा आँखुले भिजीरहेका छन् ।

भोक र निन्द्रा हराएको छ । जसलाई देख्यो मेरा छोरालाई बचाइदिनुस् भनेर बिन्ती गर्दै रुन थाल्छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीनायब उपरीक्षक माधव बुढाथोकीले घटना अहिले अनुसन्धानकै क्रममा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: