अब निर्माण सामग्रीको खुद्रा मूल्य तोकिन्छ : मन्त्री बस्नेत

भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले व्यवसायीले निर्माण सामग्रीको खुद्रा मूल्यमा मनोमानी गरेकाले दुई दिनभित्र सरकारले त्यस्ता सामग्रीको मूल्य निर्धारण गर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको तीन महिने शैलुन तालिमको समापन कार्यक्रममा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै बस्नेतले आजै निर्माण सामग्री व्यवसायीसँग मूल्य निर्धारणका बारेमा छलफल गरिने बताए ।

इँटा, बालुवा, गिट्टी, जस्तापातालगायतका सामग्रीको मनोमानी मूल्य लिएर खुद्रा बिक्री गर्न थालेकाले अब यस्ता सामग्रीको खुद्रा मूल्य तोकिने मन्त्री बस्नेतको भनाइ छ ।
निर्माण सामग्रीको गुणस्तरमा कुनै सम्झौता हुन नसक्ने बताउँदै बस्तनतले निर्माण सामग्रीको गुणस्तरमा सम्झौता हुनु भनेको भोलिका दिनमा हाम्रै सन्ततीका लागि धराप थाप्नु जस्तै हो ।mahes basnet

सरकार, निजी क्षेत्र र जनता मिलेर नै पुर्नःनिर्माण गर्नुपर्ने औँल्याउँदै भूकम्पपीडितलाई एकद्वार प्रणालीद्वारा राहत वितरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सङ्घका अध्यक्ष प्रज्जल जोन्छेले भूकम्पका कारण उद्योग व्यवसायमा अरबाँको क्षति पुगेकाले सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा घरेलु विभागका महानिर्देशक नारायणप्रसाद बिडारी, प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष राधेश्याम सुवाललगायतले भूकम्पपछि पीडित युवायुवतीलाई तालिम दिएर रोजगारीमा ल्याउनुपर्ने बताए । सङ्घले भक्तपुरका २१ जना महिला तथा पुरुषलाई कपाल कटाई तालिम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: