चीनमा ४ सय ५८ यात्रु सवार रहेको पानी जहाज डुव्यो

एजेन्सी । चीनमा ४ सय ५८ जना यात्रु बोकेको एउटा पानी जहाज याङजी नदीमा डुबेको छ । दोङफाङजी नामको सो पानी जहाज स्थानीय समय अनुसार राति साढे ९ बजे दुर्घटनामा परेको चीनीया समाचार संस्थ सिनह्वाले जनाएको छ ।08

हुवेई प्रान्तमा भएको सो दुर्घटनामा परी सिपका क्याप्टेन सहित ८ जनाको उद्धार भएको पनि जनाईएको छ । अन्यको खोजी तथा उद्धारका लागि राष्ट्रपति सि जिन पिङले कुनै कसर बाकी नराख्न निर्देशन दिनु भएको छ । ठूलो हावाहुरी र पानी परेका कारण उद्धारमा समेत कठिनाई भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: